
दाङ । जेनजी आन्दोलनको तुलसीपुर कारागारबाट भागेका ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिप्रका दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार कर्तव्य ज्यान मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका दाङको राप्ती गाउँपालिका-८ पिपरीका बुधराम चौधरी,जवरजस्ती करणी मुद्दामा ७ वर्ष कैद सजाय भोगिरहेका घोराही उपमहानगरपालिका–१३ मौलाका नारायण घर्तीमगर, १८ वर्ष कैद सजाय तोकिएका गडवा गाउँपालिका–१ का सुनिल नेपाली, १२ वर्ष कैद सजाय तोकिएका घोराही–५ का बसन्त सार्की, ८ वर्ष कैद सजाय तोकिएका घोराही–१७ का मनोज चौधरी र १४ वर्ष कैद सजाय तोकिएका सल्यानको कालिमाटी गाउँपालिका–७ का जीवन भन्ने जिउपाल दमाईलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
विभिन्न मुद्दामा तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका ४ सय ४६ जना कैदी मध्य जेनजी आन्दोलनको क्रममा २ सय ५४ जना भागेका थिए ।
जसमध्य अहिलेसम्मको अवधीमा १ सय ५४ जनालाई पुनः नियन्त्रणमा लिएर कारागारमा राखिएको छ भने बाहिर जिल्लामा पक्राउ परेका १८ जनालाई सम्बन्धित जिल्लाकै कारागारमा राखिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गेरबहादुर सेजवालले जानकारी दिए । ८२ जना कैदी अझै फरार रहेकाले उनले बताए ।

Leave a Reply