पुडासैनीको वर पिपलु सार्वजनिक

हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभीमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन् ।

किशनप्रसाद सुवेदीको शब्द तथा सन्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ ।

गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टुडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ तथा भिडियोको छायाँकन गरिएको हो ।

गीतमा प्रेमको मधुर सुरुआत र प्रेम सम्बन्ध तथा बिछोडपछिको पीडा र आत्म बोधलगायतका संवेदनाहरूलाई समेट्ने प्रयास गरिएको छ ।

प्रेममा पर्ने युवायुवतीहरूको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतारचढाव र पछुतोको गहिरो अनुभूतिलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई झल्काइएको छ ।

गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रूपमा चित्रण गरिएको छ । बिछोडपछिको पश्चात्ताप पनि कहिलेकाहीँ प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने सन्देश बोकेको यस गीतलाई आजको युवा पुस्ताको कथाको रूपमा हेरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *