
काठमाडौं । ‘बलिदान’ हेरेर निस्किएकी एक महिला नायक समिर भट्टलाई अगाडि देखेपछि भावविभोर भएकी छन् । चलचित्रको कथा आफ्नो जीवनसँग मेल खाएको भन्दै उनी क्वाँ क्वँ रोइन् ।
आज ललितपुरको लबिम मलस्थित क्यूएफएक्समा समिर चलचित्रको टिमसहित हल भिजिटमा पुगेका थिए । फिल्म सकिएर निस्किएका दर्शकले उनीसँग सेल्फी खिचिरहेका थिए । त्यसै क्रममा एक महिला भने उनलाई च्याप्प समातेर रुन थालिन् ।
समीरले उनलाई अँगालोमा लिएर सान्त्वना दिने प्रयास गरे ।
त्यहाँ उपस्थित सञ्चारकर्मीले ‘तपाईँ के सम्झेर रुनुभएको हो’ भनेर सोधे । ती महिलाले आफू पनि एकल आमा भएको बताइन् ।
चलचित्रमा समिर एकल आमाको सन्तानको भूमिकामा छन् र चलचित्रको अन्त्य वियोगान्त छ । समीरले यो एउटा काल्पनिक कथा मात्रै भएकाले दुखी नहुन अनुरोध गरेका थिए । महिलाका अनुसार उनको श्रीमानसँग डिभोर्स भएको छ र छोरा श्रीमानले राखेका छन् ।

Leave a Reply