बीपी राजमार्ग हुँदै काठमाडौं आएका सवारीसाधनलाई वैकल्पिक रुट (भिडिओ)

सिन्धुली । बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक सडक हुँदै सवारीसाधनलाई काठमाडौं पठाइएको छ ।

राजमार्गको अस्थायी सडक हालैको बाढीले बगाएपछि सवारीसाधनलाई दोलखा चरिकोट हुँदै पठाइएको हो ।

काभ्रेको रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ भने नमोबुद्ध र धुलिखेलका क्षेत्रमा पनि सडक भासिएको र बगेको छ ।

बीपी राजमार्ग पूर्ण रूपमा खुल्न अझै केही समय लाग्ने देखिएपछि खुर्कोट-मन्थली-चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *