माओवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने तय भएको प्रवक्ता अग्नि सापकोटाले बताए।

बैठकमा बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुने जनाइएको छ।

हालै बसेको माओवादीको बैठकले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको भएपनि मिति भने तोकेको छैन।

बैठकमा महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय संयोजक प्रचण्डले प्रस्ताव गरेको मापदण्डमाथि छलफल गरेर पारित गर्ने तयारी पनि छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *