
इनरुवा । सप्तकोशी नदीमा पानीको चाप घटेपछि अन्य विपदजन्य जोखिम कम भएको छ ।
आज बिहान १०:३०बजे गरिएको जल मापनका क्रममा त्यहाँ पानीको चाप ३ लाख ४५ हजार १४० क्युसेक यकिन गरिएको छ । सशस्त्र प्रहरीका अनुसार अहिले त्यहाँका ४८ ढोका खोलिएका छन् ।
आइतबार बेलुकी ५ बजे पानी मापन गर्दा ५ लाख ३० हजार क्युसेक थियो । ६ बजे मापन गर्दा ५ लाख ३० हजार ९५ क्युसेकका दरले चाप बढेको थियो । आइतबार रातिदेखि सुनसरीसहित पहाडी जिल्लामा वर्षाको क्रम घटेपछि सप्तकोशीमा पानीको चाप घटेको हो ।
अहिले कोशी ब्यारेजबाट सबैखाले सवारी साधनलाई आवतजावत गर्न दिइएको जिल्ला प्रहरी, सुनसरीका एसपी केशव थेवेले बताए ।

Leave a Reply