भोलीबाट धनगढी- काठमाडौं सवारी चल्ने

धनगढी । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले असोज २० गते (भोली)देखि बस सञ्चालन गर्ने निर्णय गरेको छ।

देशका विभिन्न स्थानमा भइरहेको लगातार भारी वर्षाका कारण पहिरोको जोखिम बढेपछि गाडी चलाउन बन्द गरिएको अवस्थामा भोलीबाट गाडी चल्ने अध्यक्ष पदमराज सापकोटाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनपछि असोज १८ गतेदेखि नै लामो दुरीका बस सञ्चालन नगर्न सूचित गरिएको थियो।

हाल पनि विभिन्न सडक खण्डमा अवरोध कायम रहेकाले काठमाडौं र कैलाली जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सेवा स्थगित गरिएको कम्पनीले जनाएको छ।

सूचना अनुसार काठमाडौं–धनगढी र धनगढी–पूर्वी रुटका सबै सवारीसाधन असोज २० गतेदेखि सञ्चालनमा नआउने छन्। तर सडक अवरोध हटेपछि मात्र पुनः सञ्चालन हुने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *