मनाङको उपचुनाव स्थगित

काठमाडौं । कात्तिक १७ गतेका लागि तय भएको मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ ।

आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि त्यसदिनको उपचुनाव नगर्ने समझदारी बनेको हो ।

चुनाव स्थगित भएको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अर्को मिति तय गर्ने नेपाल प्रेसलाई बताए ।

प्रतिनिधिसभा विघटनसँगै रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव भने यसअघि नै रद्द भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *