सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूमा बाढी पस्यो, करोडौँको क्षति

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका इटहरी र दुहबी खण्डमा पर्ने उद्योगहरू डुबानमा परेका छन् ।

स्थानीय ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योगहरूमा पस्दा करोडौँको क्षति पुगेको छ । इटहरी स्थित रिलायन्स स्पिनिङ्ग मिल्समा खोलाको बाढी पसेको छ ।

बाढी पस्दा उद्योगमा डुबान भएको छ । यस्तै सुनसरीको दुहबी स्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड बाढीका कारण डुबानमा परेको छ।

ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योगको पर्खाल भत्काएर उद्योगमा पसेपछि उद्योग जलमग्न भएको हो। उद्योग डुबानमा पर्दा २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईँका अनुसार अविरल वर्षापछि खोलामा आएको बाढीले उद्योग परिसरमा पसेर तयारी जुट सामग्री, कच्चा पदार्थ र मेशिनरी उपकरणहरू पूर्ण रूपमा डुबाएको छ। यसै गरी इटहरीमा रहेको प्रगति टेक्सटाइलमा पनि खोलाको पानी पसेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *