सप्तकोशीमा पानीको बहाबले खतराको तह नाघ्यो, ५६ वटै ढोका खुल्ला

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ । शनिवार साँझबाट बढ्न थालेको पानीको बहावले खतराको तह भन्दा धेरै माथि पुगेको सुनसरी प्रहरीले जनाएको छ ।

कोशी ब्यारेजमा मापन गरिए अनुसार सप्तकोशीमा अहिले ४ लाख ८६ हजार ७६० क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको छ ।

पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ पानीको बहाव बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

गत वर्ष पनि असोजमा सप्तकोशीमा पानीको बहाव अत्यधिक पुगेको थियो । गत वर्ष सप्तकोशीमा गत वर्ष पानीको बहाव ५ लाख ५७ हजार क्युसेक पुगेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *