उदयपुरमा खोलाले हायस बगायो- एक महिलाको मृत्यु, २१ जनाको उद्धार

उदयपुर । उदयपुरमा खोला (कजवे)ले हायस बगाएको छ । बा ४ ख १६२८ नम्बरको हायस बेलका नगरपालिका ४ को खोला बाढीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मोरङबाट काठमाडौंका लागि हिँडेको हायस भिमानबाट फर्किएको थियो । बिपी राजमार्ग अवरुद्ध हुँदा उक्त हायस बाटोबाटै मोरङ तर्फ फर्किएको हो ।

‘राती १२ बजेतिर कजेवेले हायस बगाएको हो । उक्त हायसमा २२ जना यात्रु थिए । जसमध्ये २१ जनाको तत्कालै उद्धार गरिएको थियो भने एक महिला बेपत्ता भएकी थिइन्’, उनले नेपाल प्रेससँग भने ।

बेपत्ता महिला बिहान १५ मिटर तल मृत फेला परेकी हुन् । मृतक महिला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाकी अन्दाजी ४० वर्षिया मञ्जु अधिकारी रहेको डिएसपी दोङले जानकारी दिए ।

उनका अनुसार उद्धार गरिएको यात्रुहरूमध्ये २० जनालाई प्रहरीले गन्तव्य तर्फ पठाएको छ । एक जनाको रामपुरको अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *