शुक्रबारदेखिको भारी वर्षाका कारण अहिलेसम्म २० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । शुक्रबार रातिदेखिको वर्षाका कारण देशभरमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको छ । राष्ट्रिय विदप् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अविरल बर्षपछिको बाढी तथा पहिरो र डुबानबाट अहिलेसम्म देशभरमा २० जनाको मृत्यु भएको हो ।

जसमा सबैभन्दा बढी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ भने उदयपुर र खोटाङमा एक एक जनाको मृत्यु भएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार इलाममा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । इलाममा भएका घाइतेको उद्दारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकोप्टर पुगिसकेको भए पनि मौसम प्रतिकुलताका कारण फर्किन कठिनाइ भइरहेको केसीले बताए ।

प्राधिकरणका देशका विभिन्न ठाउँमा ११ जना बेपत्ता रहेका छन् । जसमा सबैभन्द बढी इलाममा ७ जना र रसुवामा ४ जना बेपत्ता रहेका हुन् । यस्तै इलाममा नै २ जना घाइते भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *