
काठमाडौं । सुनकोशी–मरीन परियोजनास्थलमा हिजो राति करिब २ बजेबाट बाढीका कारण सम्पूर्ण क्षेत्र ओभरटप भएको छ।
कफरड्याम अझै पानीमुनि देखिए पनि बाढीको मात्रा बिस्तारै घट्दै गएको छ।
बाढीको पानी पूर्ण रूपमा घटेपछि मात्र कफरड्याममा भएको क्षति र निर्माणस्थलमा जम्मा भएको माटो (सिल्ट) को अवस्थाबारे मूल्यांकन गरिने परियोजना स्रोतले जनाएको छ।

Leave a Reply