नारायणगढ-मुग्लिन सडकको तीन ठाउँमा पहिरो, रोकियो दुईतर्फी बाटो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तीन स्थानमा पहिरो खस्दा चितवन भएर गुड्ने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।

पहिरोको जोखिमका कारण हिजो साँझ ६ बजेदेखि नै यस क्षेत्रमा जिल्ला सुरक्षा समितिले गाडी चलाउन रोकेको थियो । चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार अहिले तुइनखोला , कालीखोला तथा फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो खसेको छ ।

जसका कारण दुबैतर्फ सडक अवरुद्ध रहेको छ । तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको उनले जानकारी दिए । पहिरो गएका स्थानमा बाटो खुलाउने काम पनि भइरहेको जनाइएको छ ।

यसका साथै धादिङ , तनहुँका विभिन्न सडक खण्डमा समेत पहिरो खसेर बाटो अवरोध भएकोले काठमाडौं जाने सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ ।

चितवन प्रहरीले बाटो पन्छाएर सञ्चालनमा नआउँदासम्म हिजोदेखि होल्डिङ सेन्टरमा रहेका यातायातका साधनलाई सोही स्थानमा रहन अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *