गीता मन्दिर मेलामा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान

हेटौँडा । वीरगंजको गीता मन्दिरमा मङ्गलवार राति लागेको मेलामम युवा समूहबीच कुटाकुट हुँदा मारिएका युवकको पहिचान खुलेको छ । उनको युवा समूहको कुटाकुटमा ज्यान गएको हो ।

बारा, परवानीपुर गाउँपालिका-५ बहुअरी घर भई वीरगंज महानगरपालिका-१० मा बस्ने २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) को मृत्यु भएको हो । कानु इरिक्सा चालक हुन् ।

मङ्गलवार राति १२ बजे माईस्थान गीता मन्दिर जाने बाटोमा मेलामा घुमिरहेका युवाबीच विवाद भई कुटाकुट भएको थियो । कानुलाई बाँसले प्रहार भएको प्रहरीले बताएको छ । गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनामा संलग्न आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले घटनामा संलग्न व्यक्तिको अनुसन्धान भइरहेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *