
काठमाडौं । प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । बबरमहलस्थित सडकमा ड्युटी गरिरहेका प्रहरीमाथि अश्लील शव्दसहित शारीरिक दुर्व्यवहार गरेका सिन्धुलीका ३६ वर्षीय नवाङ तामाङ पक्राउ परेका हुन् ।
सिन्धुलीको ग्याङ्लेख गाउँपालिका ५ घर भई बबरमहलमा डेरा गरी बस्ने तामाङलाई प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहार मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

Leave a Reply