दन्तकालीमा भक्तजनको घुइँचो (फोटो कथा) 

विराटनगर । सुनसरीको धरानस्थित शक्तिपीठ दन्तकालीमा नवरात्रीको अवसरमा भक्तजनको घुइँचो लागेको छ ।

दन्तकालीमा नेपाल बाहेक भुटान र भारतबाट समेत दर्शन गर्न भक्तालुहरू आएका छन् ।

मन्दिरका पुजारी विश्वराज खनालले नवरात्रीका बेला नेपालका अतिरिक्त भारत र भुटानबाट समेत तीर्थालु दन्तकाली आउने गरेको बताए ।

मन्दिरमा आउने भक्तालुको रेकर्ड राख्ने व्यवस्था नभएका ले कति तीर्थालु आए भन्ने तथ्याङ्क नभएको बताए ।

भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई दन्तकाली शक्तिपीठको रूपमा स्थापित भएको विश्वास गरिन्छ ।

दन्तकाली मन्दिरमा सतिदेवीका दाँतको प्रतीक स्वरूप एउटा कालो प्रस्तर राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *