जुवाखालबाट समातिएका तरुण दलका अध्यक्षलाई छाड्न पालिका अध्यक्षद्वारा प्रहरी प्रशासनलाई दबाब

हेटौँडा । मकवानपुरको मनहरीमा ९ जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना जुवाडेसहित २ लाख १ हजार नगद बरामद गरेको छ ।

जुवा खेल्नेहरुमा नेपाल तरुण दल मनहरी अध्यक्ष स्वतन्त्र उप्रेतीलगायतको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई छुटाउन मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलगायतका नेपाली काङ्ग्रेसका जिल्ला तहका नेता कार्यकर्ताले प्रहरी प्रशासनलाई दबाब दिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा केही दिनअघि मात्रै हाजिर भएका एसपी सुवासचन्द्र बोहराले पक्राउ परेका ९ जना जुवाडेलाई हाजिरी जमानीमा छाड्ने तयारी रहेको बताए ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीको जिम्मेवारीमा जिल्ला प्रहरी कार्यालयले ९ जना जुवाडेलाई छोडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरु को सूची यस्तो छः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *