गभर्नर पौडेलका लागि घर भाडामा खोज्दै राष्ट्र बैंक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि घर धाडामा खोजी गरिरहेको छ । गभर्नर पौडेलको निवासका लागि बखुण्डोलदेखि भैंसेपाटी नजिकै घर भाडामा लिन प्रस्ताव आह्वान गरेको गरिएको हो ।

जेन-जी आन्दोलनकाक्रममा गभर्नर पौडेलको घर तोडफोड तथा आगजनी गरिएको थियो । जसले गर्दा गभर्नर पौडेलले भाडाको घर खोज्नु परेको हो ।

राष्ट्र बैंकका अनुसार घर भाडामा दिनका लागि ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको हुनुपर्नेछ । कम्तीमा ५ वटा कार/जीप पार्किङ गर्न मिल्ने, आर.सि.सि. स्ट्रक्चर सहित कम्तीमा १००० वर्ग फिट प्लिन्थ क्षेत्रमा निर्माण भएको घरको खोजी गरिएको छ ।

अन्य आवश्यकताहरूमा कम्तीमा एउटा मास्टर बेडरूम सहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल तथा स्टोर रूम हुनुपर्ने, सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था हुनुपर्नेछ ।

सुरक्षित कम्पाउन्डवाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति/फर्म/कम्पनीहरूले असोज २७ गते कार्यालय समयभित्र प्रस्ताव पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *