तरूण दलका वडासभापति ब्राउन सुगरसहित पक्राउ

दाङ । तरूण दलका वडा सभापति लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का तरूणदल सभापति निर्मल डाँगी ६ ग्राम ब्राउनसुगरसहित हिजो बेलुकी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीसँगै शरद घर्ती पनि पक्राउ परेका छन् ।

डाँगी र घर्तीले ब्राउनसुगरको कारोबार गर्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई नारायपुरको सौडिकुला बाट पक्राउ गरेको हो ।

जिप्रका दाङका अनुसार उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *