चाडपर्वमा पार्टीको ब्यानर र झण्डा प्रयोग गरी कुनै कार्यक्रम नगर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटकको बडा दशैँ लगायतको चाडपर्वमा पार्टीको ब्यानर र झण्डा प्रयोग गरी धुमधामका साथ कार्यक्रम नगर्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

रास्वपाले एक विज्ञप्ती जारी गर्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थमा राष्ट्रिय शोक रहेकाले धुमधामका साथ चाडवर्प नमनाउन निर्देशन दिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौँ । तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।’

सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न समेत निर्देशन  दिएको हो ।

यस्तै, रास्वपाका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरेको छ ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *