
डोटी । डोटीमा पहिरोमा पुरिएर एक बालिका बेपत्ता भएकी छन् ।
आइतबार दिउँसो २:४० बजे जिल्लाको पुर्वीचौकी गाउँपालिका २ को हुणेखोलास्थित सिलगढी-झिग्राना सडक खण्डमा माथिबाट पहिरो खस्दा सडकमा पैदल हिँडिरहेकी सायल गाउँपालिका- ९ की ५ बर्सिया भगवती विष्ट पहिरोमा च्यापिई बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाम सिलगढीबाट आमा महेश्वरी बिस्टसँगै घर गइरहेका बेला उनी पहिरोमा परि बेपत्ता भएकी हुन् । प्रहरीका अनुसार उनलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले अबेरसम्म खोज्दा पनि फेला परेकी छैनन्।
पहिरोमा परी भगवतीकी आमा २६ बर्सिया महेश्वरी विष्ट, भगवतीकी दिदी नौ बर्सिया करिष्मा विष्ट र दाइ सात वर्षीय सबिन विष्ट घाइते भएका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

Leave a Reply