
काठमाडौं । नेकपा एमालले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार राजनीतिक प्रतिसोधको बाटोमा हिँडेको निस्कर्ष निकालेको छ । आज बसेको सचिवालय वैठकले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयको भत्र्सना गर्यो ।
वैठकले योसहित तीनवटा निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले पत्रकारहरुलाई भने, ‘यत्रो लामो समय इतिहास बनाएका राजनीचिक दलहरुलाई पन्छाएको मात्र होइन, निषेध गरेर जाने खालका क्रियाकलाप देखियो । मुख्य राजनीतिक दलहरुसँग सम्वाद, सम्पर्क, समन्वय देखिँदैन । यसमा हामी चिन्तित छौं ।’
वैठकले हालै सरकारद्वारा गठित जाँबुझ आयोगले पार्टी अध्यक्ष लगायतको राहदानी रोक्काको सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ ।
ज्ञवालीले भने, ‘गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर दशैंको मौका पारेर गरिएको यस राजनीतकि प्रतिशोधयुक्त कदमप्रति सचिवालयको आपत्ति छ । यसले जाँचबुझ आयोगको विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा गरेको छ ।’
यस्तै, भदौ २३ र २४ मा भएका विध्वंसकारी घटनामा संलग्न दोषिहरुमाथि कारवाही अघि नबढाउन गृह मन्त्रालयले दिएको निर्देशनमा पनि एमालेले असन्तुष्टि जनाएको छ । यसबाट प्रहरीको कानूनसम्मत क्षेत्राधिकारमा हस्तक्षेप भएको र प्रहरीले निर्वाध काम गर्ने वातावरण बिग्रिएको एमालेको ठहर छ ।
एमालेले समसामयिक विषयवस्तुमाथि छलफल गर्न केन्द्रीय समिति वैठक डाक्ने निर्णय गरेको छ । त्यसभन्द अघि असोज१९ गते सचिवालय वैठक बस्ने ज्ञवालीले जानकारी दिए ।

Leave a Reply