आगजनीबाट थुप्रिएको संसद सचिवालयको फोहोर महासचिवसहित कर्मचारीले हटाए

काठमाडौं । जेन जी आन्दोलनमा आगजनी गरिएका सवारी साधन जलेर थुप्रिएको फोहोर संघीय संसद सचिवालयका कर्मचारीले सफाइ गरेका छन् ।

दशैँ बिदाको अघिल्लो दिन आइतबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नेतृत्वमा कर्मचारीले संघीय संसद सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरेका हुन् ।

भदौ २४ गतेको जेन्जी आन्दोलनमा भवन नम्बर २ परिसरमा रहेका सवारी साधनमा आगजनी गरिएको थियो । आगजनीबाट १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट भएका छन् ।

आगजनीबाट जलेका सवारी साधनलाई पनि सचिवालय परिसरबाट अन्यत्रै व्यवस्थापन गरिएको संसद सचिवालयका आन्तरिक सेवा तथा योजना शाखा प्रमुख उपसचिव अधिराज राईले जानकारी दिए । उनका अनुसार आगजनीबाट सिंहदरबारमा रहेका सचिवालयका दुवै भवन र काठघर जोगिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *