हर्क साम्पाङले चुनाव चिन्ह मागे माटोको ढिस्को, आयोगले हेरेर निर्णय गर्ने

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका धरानका हर्क साम्पाङले चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् । श्रम संस्कृति पार्टी नामक नयाँ दल दर्ताका लागि उनले यही भदौ ६ मा निर्वाचन आयोगमा निवेदन पेश गरेका छन् ।

आयोग उच्च स्रोतका अनुसार उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको छ ।

निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे/नपुगेको अध्ययन भइरहेको र हेरेर निर्णय लिने आयोगका एक अधिकारीले बताए ।

२०७९ सालको स्थानीय चुनावमा साम्पाङ लौरो चुनाव चिन्ह लिएर धरान उपमहागरको मेयर लडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *