‘बलिदान’को क्लाइमेक्सको सुटिङमा घाइते भएका थिए समीर भट्ट

काठमाडौं । अभिनेता समीर भट्टले ‘बलिदान’ चलचित्रको सुटिङको दौरान घाइते भएको खुलासा गरेका छन् । चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टले घाइते भएको बताएका हुन् ।

भट्टले भने, ‘क्लाइमेक्सको फस्ट सटमा पन्च हान्नुपर्ने थियो । तर, चिप्लिएर मेरो खुट्टा मर्कियो । सामान्य मर्काइ थिएन, नराम्रोसँग नै मर्कियो । एकजना आयुर्वेदिक उपचार गर्नु हुने दिदीले पट्टी लगाइदिनुभयो । त्यही पट्टीसँगै मैले चलचित्र सुट गरेँ ।’

खुट्टा मर्किए पनि आफूले चलचित्रको सुटिङ सकाएको बताए । दर्शकको प्रतिक्रिया राम्रो पाइरहेकाले चलचित्रलाई लिएर उत्साहित रहेको समेत बताए ।

भोलिबाट ‘दलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शन हुँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *