
कैलाली । विश्व–ज्योति पाण्डुलिपि पुरस्कार २०८१ बाट पुरस्कृत कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ को गृह विमोचन कार्यक्रम कैलालीको लम्कीचुहा नगरपालिकामा सम्पन्न भएको छ।
४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई साहित्यिक क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले स्थापित विश्व–ज्योति पाण्डुलिपि पुरस्कार प्राप्त यस सङ्ग्रहलाई २०८१ सालको चैत २५ गते राजधानी काठमाडौंमा औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।े
अटल उपेन्द्रको सञ्चालनमा सम्पन्न कार्यक्रममा कवि शिशिर स्वयं, गजलकार विवश धमाला, कवि दोस्ताजलगायतले सङ्ग्रहको संयुक्त रूपमा विमोचन गरेका थिए। कार्यक्रममा कवि शिशिरले आफ्ना गहकिला कविताहरू वाचन गर्दा उपस्थित दर्शकदीर्घा भावुक बनेको थियो।
कवि हेमन्त शिशिर पछिल्लो डेढ दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय रहँदै आएका छन्।

Leave a Reply