
काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व उपमहासचिव हरिबोल गजुरेलले पार्टीको नेतृत्वबारे व्यक्तिगत आकांक्षा भन्दा महाधिवेशनको निर्णय नै अन्तिम हुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निष्कर्ष निकालेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिसहित नेतृत्व लिन गरिएको प्रयास असफल भएपछि नेतृत्व कसले लिने भन्ने अधिकार अब व्यक्तिगत हैसियतमा नभई महाधिवेशनले तय गर्नेछ ।
‘अब नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो । जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ ।’ गजुरेलले लेखेका छन् ।
उनका अनुसार आजको जेनजी पुस्ताले पनि वैचारिक स्पष्टता, इमानदारी र क्षमतासहितको नेतृत्व खोजिरहेको छ, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस् ।
गजुरेलले प्रचण्डले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही वैचारिक आधारमा निर्भर गर्ने उल्लेख गरेका छन् ।

Leave a Reply