
सुर्खेत । रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनी नजिक आइतबार बिहान गाडी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।
क.प्र.०२००१ ख ११२९ नम्बरको गाडी दुर्घटनामा घाइतेहरू सुर्खेत, जुम्ला, दैलेख, कालिकोट र मुगुका रहेका प्रहरीको भनाइ छ।
सुर्खेत बराहताल–४ का ३८ वर्षीय चालक हरि मल्ल, जुम्ला चन्दननाथ–१ का १८ वर्षीय दीपेन्द्र दमाई , जुम्ला सिंजा–५ का २८ वर्षीय महेन्द्र शाही, सुर्खेत वीरेन्द्रनगर–३ का ३८ वर्षीय लालबहादुर शाही , सुर्खेत वीरेन्द्रनगर–३ की २७ बर्सिया लक्ष्मी कठायत , सुर्खेत वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही घाइते भएका छन्।
त्यस्तै सुर्खेत लेकबेशी–६ का ३५ वर्षीय पर्शुराम घर्ती मगर , दैलेख दुल्लु–६ का २३ वर्षीय शम्शेर खड्का , दैलेख दुल्लु–११ का ३० वर्षीय लक्ष्मण कार्की ,जुम्ला सिंजा–३ की २४ बर्सिया राज्य लक्ष्मी हमाल , दैलेख दुल्लु–१० का २६ वर्षीय गणेश योगी , कालिकोट पचालझरना–३ का २२ वर्षीय रोशन बि।क। , जुम्ला सिंजा–४ का २२ वर्षीय ऐन रोकाय , जुम्ला सिंजा–१ की १६ बर्सिया रक्षा धिताल घाइते भएका छन्।
त्यस्तै जुम्ला सिंजा–५ की २२ बर्सिया विष्णु शाही , मुगु सोरु–९ का ३२ वर्षीय दिनेश शाही , जुम्ला चन्दननाथ–१ का २१ वर्षीय श्री परियार पनि दुर्घटनामा घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरूको उपचार सुर्खेतका विभिन्न अस्पतालमा भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply