जेनजी आन्दोलनका घाइतेको उपचारका लागि परिचयपत्रदेखि अस्पतालमै जेनजी क्लिनिक सञ्चालन

काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजीको  प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान, प्रभावकारी उपचार र दीर्घकालीन सहयोगका लागि सहजीकरणको व्यवस्था गरेको छ ।

मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका घाइतेको पहिचान र उपचारका लागि विभिन्न व्यवस्था मिलाइएको जनाएको हो ।

जसमा असोज १२ गते आइतबारदेखि सहायता कक्ष स्थापना गरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएकालाई परिचयपत्र वितरण कार्य सुरु गर्ने भएको छ भने घाइते भएका युवालाई स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ । विशेष गरी, काठमाडौं र उपत्यका बाहिरका अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गरेर घाइते युवालाई सहयोग गरिने भएको छ ।

घाइते भएका व्यक्तिको वर्गीकरण गरी उपचारका लागि संलग्न अस्पतालका विशेषज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी कार्य प्रारम्भ गरिने, गृह मन्त्रालयले घाइते भएका युवाको पुनर्स्थापना र दीर्घकालीन स्वास्थ्यका लागि आवश्यक व्यवस्था मिलाउनेछ । यसका लागि हटलान १११५ मार्फत सहजीकरण गरिने जनाइएको छ ।

 

घाइते भएका व्यक्तिको फलोअपका लागि स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय र एम्बुलेन्स सेवासँग सम्बन्धित अस्पतालका एम्बुलेन्सको सम्पर्क नम्बर सार्वजनिक गरिने र जसले घाइतेलाई थप सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको जनाइएको छ ।

मन्त्रालयले यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा गृह मन्त्रालयका उपसचिव सुष्मा ढुंगेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हकमा डा.श्रीमति केसीलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *