
काठमाडौं । जेनजी आन्दोलनलाई निष्कर्षमा नपुर्याई टुंग्याएर युवामाथि धोका भएको भन्दै राप्रपाका युवा नेताहरुले आज माइतीघरमा मौन विरोध प्रदर्शन गर्ने भएका छन् ।
राप्रपा केन्द्रीय सदस्य खुश्बु ओलीका अनुसार परिवर्तित अवस्थाको विषयमा राप्रपाका युवा केन्द्रीय सदस्यहरुले ११ बजे सांकेतिक मौन प्रदर्शन गर्न लागेका हुन् ।
यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले युवा केन्द्रीय सदस्यहरुसँग बेग्लै छलफल गरेका थिए । राप्रपाले जेनजी आन्दोलनलाई निष्कर्षमा पुग्न नदिई पहिलेकै जस्तो संसदीय निर्वाचनका लागि यति ठूलो बलिदानी र राष्ट्रको सम्पत्ति क्षति भएकोमा असन्तुष्टि जनाएको आएको छ ।
आजको आवश्यकता नविन समझदारी भन्दै राप्रपा युवाहरुले राजसंस्था र हिन्दु राज्य पुनस्थर्पापना,संविधानको पुनर्लेखन,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,प्रदेश खारेजी,भ्रष्टाचारीलाई कारवाही खोई रु भन्ने प्रश्नसहित मौन प्रदर्शन गर्दैछन् ।

Leave a Reply