
काठमाडौं । विद्यालय प्रधानाध्यापकले शिक्षकहरुको तलब रोकेको भन्दै कारबाही गर्ने चेतावनी दिएका शिक्षामन्त्री महावीर पुनले आफनो स्टाटस सच्याएका छन् ।
यसअघि भोलिसम्ममा पनि शिक्षकहरुलाई तलब निकासा नगर्ने प्रधानाध्यापकहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए ।
तर चौतर्फी विरोध आएपछि उनले यसअघि सामाजिक सञ्जालमा राखेको आफनो स्टाटस सच्याएका हुन् ।
शिक्षकलाई तलब कसले दिन्छ भन्ने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै चौतर्फी विरोध भएपछि उनले दोस्रो सूचना जारी गरेका हुन् ।
भोलिसम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धी पलिकालाई कारबाही गरिने उनले चेतावनी दिएका छन् ।
मन्त्रालयबाट तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले तलब निकासा गर्न भोलिसम्मको अल्टिमेटम दिएका छन् ।
दसैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको बताउँदै मन्त्री पुनले फेसबुकमाफर्त चेतावनी दिएका हुन् ।
उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको हो। तर पनि केही पालिकाले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन्।
‘भोली सम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारवाही गरिनेछ।” पुनले बताएका छन्।
उनले लेखेका छन्,मन्त्रालय बाट पैसा गएर पनि तलव नख्वाउने पालिकाहरुलाई सुचना दशैं तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको छ । शिक्षा मन्त्रालय बाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोली सम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारवाही गरिनेछ।

Leave a Reply