
काठमाडौं । नेकपा माओवादीले पार्टीको सबै कमिटीमा जेनजी पुस्तालाई अधिकतम सहभागी गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टी कमिटीमा युवाहरूलाई प्राथमिकता दिने निर्णय गरेको हो।
बैठकले आइटी कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले दीपशिखाले बताए।
यस्तै, पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएको बताए।
उनले भने, नेपोटिज्म हामीमाथि पनि आरोप छ, कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने र संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने निर्णय भएको छ।

Leave a Reply