प्रचण्डबारे वर्षमान- कमान्डर भाग्ने होइन, समाधान निकाल्ने हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्डले आफू फरक भूमिकामा बस्न तयार रहेको बताइसकेको भन्दै महाधिवेशनबाट प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन्।

केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै नेतृत्व हस्तान्तरणबारे महाधिवेशनबाट लोकतान्त्रिक प्रक्रियाले टुङ्गिने बताए। उनले भने, नेतृत्व हस्तान्तरणबारे बहस भइरहेको छ। त्यस प्रश्नहरूको जवाफ महाधिवेशनबाट खोजौँ, बुद्धिजीवी र जनतासँग सुझाव लिएर विधिवत् रूपमा नेतृत्व हस्तान्तरणको प्रक्रिया बनाउनुपर्छ। अध्यक्षले म धेरै बस्दिनँ, फरक भूमिका बस्छु भन्नुभएकै छ।

उनले नेतृत्व हस्तान्तरणलाई व्यक्तिगत नभई सामूहिक टिम निर्माणबाट सम्भव हुने बताए। उनले भने, हामी जनयुद्ध र जनआन्दोलनबाट आएका नेताहरूलाई सङ्कटमा कमान्डरको भूमिका निर्वाह गर्नुपर्छ। हामीले युद्धको बेला जस्तै उपाय खोज्नुपर्छ, कमान्डर भाग्ने होइन, समाधान निकाल्ने हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *