बीमा प्राधिकरणको अध्यक्षमा शर्माले लिए शपथ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *