
कैलाली । रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-७ जेपी चोकस्थित सडक किनारमा रोकिएको सुपप्र ०१-००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका दुवै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक धनगढी उपमहानगरपालिका-१२ बस्ने १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ
गम्भीर अवस्थामा उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएकोमा दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरूको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

Leave a Reply