एमाले पुनर्गठन बहसमा ओलीको जवाफ- पार्टी फोरमबाट समाधान खोजौं, सडकमा कराउँदै नहिँडौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपश्चात नेता-कार्यकर्ताबाट उठिरहेको पुनर्गठन, पुस्तान्तरण, सुधारको बहसका सन्दर्भमा मुख खोलेका छन् ।

बिहीबार गुण्डुमा प्रेस चौतारीका पत्रकारसँगको भेटमा ओलीले केही कुरा भए पार्टीभित्रका फोरममा उठाउनुपर्ने बताए । त्यस्ता कुरा बाहिर बाहिरै गर्दै हिँड्न नहुने उनको भनाइ थियो ।

ओलीले भने, ‘केही कुरा भए पार्टीभित्रका फोरममा उठाउनुहोस् । समस्याको समाधान दिन्छ, सडकमा कराउने हैन नि !’

उनले ‘झोले’ भन्दै आगो लाउने र प्रतिशोध साँध्ने ट्रेण्डले देशलाई अराजकता र अशान्तितर्फ धकेलेको बताए ।

‘यो कस्तो सभ्यता हो ? कसले फैल्याउँदैछ यो ? सचेत नयाँ पुस्ताले बुझ्न सक्नुपर्छ’, ओलीको भनाइ थियो । उनले देश कानून र न्याय संगत ढंगले चल्नुपर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *