
काठमाडौं । सहसचिव चिरञ्जीवी चटौत सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत सहसचिव चटौतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सहसचिव चटौतले मन्त्रालयमा विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक प्राविधिक सचिवको पदका लागि चटौतँगै जगदिश्वर कर्माचार्य र नवीनराज सिंहको नाम सिफारिस गरेको थियो ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका तत्कालिन उर्जा सचिव सुरेश आचार्य अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा चटौतको बढुवा भएको हो ।
५८ वर्षे उमेर हदका कारण चटौतले आगामी असार १५ गतेसम्म मात्रै सचिवको जिम्मेवारीमा रहनेछन् ।

Leave a Reply