
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दुर्गा सोबले पाएकी छन् ।
९९ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले राजीनामा दिएपछि बरिष्ठ उपाध्यक्ष सोबले संयोजकको जिम्मेवारी पाएकी हुन् ।
आगामी फागुन मसान्तभित्र पार्टीको महाधिवेशन गर्नेगरी सोबले संयोजकको जिम्मेवारी पाएकी हुन् । तत्कालिन नेकपा (माओवादी केन्द्र)मा रहेकी भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति पार्टी निर्माण गरेपछि सोब भट्टराईसँगै नयाँ शक्तिमा समाहित भएकी थिइन् ।

Leave a Reply