
काठमाडौं । नेकपा माओवादी केन्द्रले समाजवादी मोर्चामा आबद्ध दललाई दसैँअघि नै एकता गर्न प्रस्ताव राखेको छ। केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीले गम्भीरतापूर्वक एकताको पहल गरिरहेको बताए।
उनले भने, ‘हामीले त दसैँ अघि नै गरौँ भनेर पहल गरेका छौँ। देश खरानीको थुप्रोमा छ। त्यसैले चाँडो भन्दा चाँडो पहल लिनु नै पर्छ। हामी त चाहन्छौँ। दसैँभन्दा ठुलो कुरा बृहत् पार्टी एकता गर्ने हो। संयुक्त मोर्चा गठन गरेर जाऔँ भन्ने चाहन्छौँ।’
उनले देश अहिले गम्भीर सङ्कटमा रहेको भन्दै देशी विदेशी शक्तिहरूले खेलिरहेको बताए।
उनले थपे, ‘हाम्रो जस्तै अरूको पनि भइदिओस्, अष्टमी आउन पनि अझै बाँकी छ। आँटेदेखि कति बेर लाग्छ र ? हामीले सर्प्राइज दिन खोजेको होइन। अहिले इतिहासमै सबैभन्दा ठुलो सङ्कटमा छ राष्ट्र, देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले अहिले पनि खेलिरहेका छन्। देशको अस्थित्वमाथि प्रश्न उठेको बेलामा सबै देशभक्तहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ।’
मोर्चामा नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा आबद्ध छ।

Leave a Reply