ट्याक्टरको ठक्करबाट साइकल चलाइरहेका बालकको मृत्यु

कैलाली ।ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा भे।२ त २४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही उपमहानगरपालिका-११ बस्ने कमल रानाको छोरा ८ वर्षीय सुशान्त रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

साइकल चलाइरहेका बालकको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रण लिएर छानबिन भइरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *