नेवानीमा पनि खुल्यो जेनजी नेपाल, अध्यक्ष अधिकारीलाई निलम्बन र कारवाहीको माग

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न निगमभित्रका जेनजी कर्मचारीहरुले माग गरेका छन् ।

जेनजी कर्मचारीहरुले उनीमाथि प्रशासनिक अनियमितता र अधिकारको दुरुपयोग गरेको आरोप लाग्दै प्रधानमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

जेनजी नेपाल वायुसेवा निगमकाे नामबाट प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गरिएको निवेदनमा अधिकारीको कार्यशैलीप्रति आपत्ति जनाउँदै छानबिन तथा कारवाहीको माग गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले असक्षम ठहर गरी पटक पटक निलम्वन तथा बर्खात भएका अध्यक्ष अधिकारीले गरेको निगम दोहनप्रति गम्भीर हुन माग गरेका छन् ।

आफ्नो कार्यकाल सकिदै गर्दा  अधिकारीले दुईवटा वाइडबडी जहाजको इन्जिन मर्मतको लागी ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता र वार्ता गरी अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया सुरु नगरी रोल्स रोयस कम्पनीसँग सिंगापुरमा बैठक गरे र एनडीए गरी अनुसार यो प्रक्रियालाई अपारदर्शी बनाइनुका साथै कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको लगायतका १० विषयमा छानविन गर्नुपर्ने निवेदनमा उल्लेख गरेकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *