टेलिकमले हुवावेलाई दिन लागेको बिलिङ प्रणाली ठेक्का रोकियो

काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली खरिदसम्बन्धी ठेक्कामा छनोट भएको चिनियाँ कम्पनी हुवावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने काम स्थगित गरेको छ ।

यो ठेक्कामा सेटिङ गरेर ठूलो अनियमितताको खेल भइरहेको तथ्य नेपाल प्रेसले प्रस्तुत गरेपछि मूल्य खोल्ने मिति अनिश्चितकालका लागि सारिएको छ । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै मूल्य खोल्ने मिति स्थगन गरिएको हो । प्रक्रिया रद्द भने गरिएको छैन ।

गत १४ भदौमा टेलिकमले बोलपत्रमा भाग लिएका दुई कम्पनीहरुमध्ये हुवावे मात्र प्राविधिकरूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो ।

हालको विषम परिस्थितिमा समेत नेपाल टेलिकमले कन्भरजेन्ट रियल टाईम विलिङ्ग सिष्टम एण्ड कस्टम र सपोर्ट प्रणालीको आपूर्ति, जडान तथा सञ्चालन गर्ने सम्बन्धि बोलपत्रमा सेटिङको खेल भइरहेको जानकारहरू बताउँछन् ।

सन् २०१८/२०१९ तिर नेपाल टेलिकममा डिल्लीराम अधिकारी प्रवन्ध निर्देशक हुँदा रियल टाइम बिलिङ प्रणाली खरिदका लागि स्पेसिफिकेसनको तयारी गरिएको थियो ।

यो पनि पढ्नुहोस्-

टेलिकमको बिलिङ सिस्टम खरिदमा अनियमितताको गन्ध, नयाँ सञ्चारमन्त्रीबाट हस्तक्षेप होला ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *