माओवादीको सबै तहमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पार्टीको सबै तहमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व गर्न माग गरेका छन्।

जेनजी कार्यकर्ताले आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको सबै तहमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पत्र बुझाएका हुन्।

पत्रमा भनिएको छ, ‘जेनजीको मागहरु प्रति हाम्रो पार्टीले सुरुमै सहमति जनाएको र हाम्रो पार्टीले उठाउँदै आएको मागहरू भएकोले यो पुस्ता नै हो जो अबको नेपालको राजनीतिमा निर्णायक भूमिकामा छ यसो गर्दा पार्टी पुनर्गठनमा हामी मुख्य भूमिकामा आएर समग्र राजनीतिक, वैचारिक, साङ्गठनिक रूपमा पार्टीलाई जेनजी पुस्ताको नेतृत्व तहसम्म लैजान्छौँ भन्ने कुरा गम्भीरतापूर्वक लियोस् ।

पार्टीभित्र नै नयाँ पुस्ताको सहभागिता सुनिश्चित गरिएन भने, उनीहरू पार्टी बाहिर जान बाध्य हुन्छन् जसले सङ्गठन कमजोर हुने उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *