
काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रतिगमनविरुद्ध समान समझदारी कायम हुने राजनीतिक शक्तिसँग कार्यगत एकता वा तालमेल गर्ने भएको छ। बुटवलमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले केन्द्रीयस्तरमा समझदारी भएपछि जिल्लामा पनि कार्यगत एकता वा सहकार्य गर्ने निर्णय गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक प्रकारले मन्त्रिपरिषद् गठन गरेको, संसद्को विघटन गरेको समेतका विषयमा जिल्ला स्तरमा वा जन वर्गीय मोर्चाको स्तरमा पनि वक्तव्य दिने सकिनेछ तर त्यसो गर्दा राजावादी र कथित स्वतन्त्र पार्टीसित कुनै पनि तालमेल वा सहकार्य गरिने छैन।’
राष्ट्रपतिले अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएको उल्लेख गर्दै त्यस आधारमा आगामी केन्द्रीय कमिटीको बैठकले निर्वाचनबारे ठोस निर्णय लिने बताएका छन्।
बैठकले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबारे निष्पक्ष तरिकाले छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ।

Leave a Reply