
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कान्तिपुरको कार्यालय अवलोकन गरेका छन् । उनले कान्तिपुर पब्लिकेसनका प्रमुख कैलाश सिरोहियालाई हिम्मत नहार्न हौसला दिए ।
सञ्चारमन्त्रीको शपथ खाएको भोलिपल्ट खरेल कान्तिपुरमा पुगेका हुन् । सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल पनि उनीसँग थिइन् । सञ्चारमन्त्री खरेलले सिरोहियालाई मन्त्रालयको तर्फबाट सबै सहयोग हुने आश्वासन दिए ।
‘हिम्मत नहार्नुहोला, मन्त्रालयको तर्फबाट केही पनि गर्नुपर्यो भने मन्त्रालय आउनुस् । सदैव ढोका खुला छ । यहाँहरूलाई लागेको कुरा भन्नुहोला । हामी फेरि उठ्नुछ, उठ्नेछौं’, खरेलले भने ।
सिरोहियाले सञ्चारमन्त्रीलाई धन्यवाद दिए ।
उनले भने, ‘तपाईंहरूको यही सहानुभूति र ऐक्यवद्धताले हामीलाई हौसला मिलेको छ । साँच्चिकै भन्नुपर्दा मभन्दा पनि मेरो टीमलाई स्यालुट छ ।’

Leave a Reply