
काठमाडौं । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार एभिन्यूज टेलिभिजनका क्यामरापर्शन सुरेश रजकलाई मरणोपरान्त प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले मंगलबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले स्वर्गीय सुरेश रजकका परिवारलाई हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान हस्तान्तरण गरेका हुन् ।
गत २०८० चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा आगजनीमा परेर सुरेशको निधन भएको थियो ।
कार्यक्रममा सञ्चारमन्त्री खरेलले अरुको अधिकारका लागि लड्ने पत्रकार आफै जोखिममा रहेर काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले आफ्नो कर्म गर्दा गर्दै ज्यान गुमाउनुपरेका सुरेशलाई न्याय दिने गरि सरकारले काम गर्ने प्रतिवद्धता जनाए । मन्त्री खरेलले सुशासनका सन्दर्भमा सरकार गम्भीर भएकार लाग्ने जिकिर गरे ।
विसं २०६३ असोज ७ गते समाचार संकलनका क्रममा ताप्लेजुङ्गको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले एक लाख रुपैया राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई तथा संरक्षणविद् हर्क राईसहित २४ जनाको निधन भएको थियो ।

Leave a Reply