प्रभु साहको अध्यक्षतामा आजपाको केन्द्रीय कमिटी पुनर्गठन, तिलक थापामगर सहअध्यक्ष

काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । प्रभु साहको अध्यक्षतामा पुनर्गठन गरिएको केन्द्रीय कमिटी ३ सय ४८ सदस्यीय बनाइएको हो ।

१४ सदस्यीय केन्द्रीय कार्यालय सदस्य सहित ८७ सदस्यीय केन्द्रीय सचिवालय सदस्य र २ सय ४७ सदस्यीय केन्द्रीय सदस्य रहेको छ । यस्तै १ सय १ जनालाई वैकल्पिक केन्द्रीय सदस्य राखिएको छ ।

प्रभु साह अध्यक्ष, तिलक थापामगर सहअध्यक्ष सहित कार्यालय सदस्यमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, अशोक कुमार लामा, त्रिभुवन साह, चन्द्र भूषण साह, धनकुमारी मगर, सुधीर यादव, सियाराम कुशवाहा, श्रीचन्द मुखिया, उमेश कुशवाहा, देवी पण्डित रेग्मी रहेका छन् ।

यसैगरी सचिवालय सदस्यमा श्रीलाल महासेठ, रवीन्द्र प्रसाद सिंह, जुरीलाल मोची, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, लालबाबु मन्सुरी, लखिन्द्र साह, उदयचन्द्र प्रसाद, नरेश तुरहा, श्रीभगवान पटेल, राधेश्याम साह, विजय यादव, सुभाषप्रसाद साह, रामकेशव गुप्ता, ओमप्रकाश सिंह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, रञ्जुकुमारी साह, सञ्जय यादव, बबिता यादव, गितादेवी साह, ठागा दास, बालकृष्ण सापकोटा, उमाशंकर साह, उपेन्द्र साह, पासाङ तामाङ, सराेज बछार, अञ्जित कुशवाहा, शिव थापा, शुभद्रा गुप्ता, अनिल झा, राजेश साह, सुरेश चौधरी रहेका छन् ।

यसैगरी सचिवालय सदस्यमा मीनबहादुर खत्री, किशोरी साह, देवेन्द्र ठाकुर, रामनाथ माझी, रामबाबु कुशवाहा, राजकिशोर साह, विवेक साह, हेमप्रसाद साह, तेजनारायण चौधरी, बालाशंकर कुशवाहा, जयलाल महतो, विश्वराज पटेल, रवीन्द्र यादव, भानु कोइराला, सुरेश साह, डा.नवलकिशोर साह, सीमा जैसवाल, विजय साह, देवकुमारी साह, पप्पु साह, ब्रम्हा यादव, रामशरण यादव, रामकृत साह, अरविन्द साह, गोपाल साह, बिरबल महतो, आर्या पाण्डे, हरि थापा, मिनादेवी साह, सन्तोष साह, प्रहलाद पौडेल, खगेन्द्र भण्डारी, कालबहादुर विक, राम विष्ट, अमर योन्जन, एमडी सतार, शम्भु जयसवाल, बद्री पासवान र चन्दन साह रहेका छन् ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा असोज ४ मा केन्द्रीय कमिटी र असोज ५ मा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी पुनर्गठन गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *