
विराटनगर । विराटनगरमा एक फार्मेसी सञ्चालकमाथि छुरा हानिएको छ ।
नोबेल हस्पिटल अगाडि रहेको मायालु फार्मेसीका सञ्चालक सुभाषप्रसाद सिंहमाथि छुरा प्रहार भएको हो । चन्दा नदिएको आरोपमा सिंहमाथि छुरा हानिएको प्रहरीले जनाएको छ । गम्भिर घाइते सिंहको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार विराटनगर-७ का ‘काले’ भनिने विश्वास मण्डल नेतृत्वको समूहले सिंहलाई छुरा हानेका हुन् । सो समूहले विराटनगरमा रहेको फार्मेसीहरूबाट हप्ता असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
फार्मेसी सञ्चालकलाई मध्यरातमा चक्कु हानिएपछि यहाँका व्यवसायी त्रसित छन् । आइतबार राति पसलमा ढुङ्गा हानेपछि किन हानेको भनेर ? सोधपुछ गर्न निस्कँदा ‘बाठो कुरा गर्छस्’ भन्दै विश्वास फार्मेसिभित्र पसेका थिए ।
पसलमा पसेर छुरा निकालेर सुभाषको पेटमा दाजु शिवमकुमारले बताए । छुट्याउन पुगेका जस्मिन फार्मेसीमा कार्यरत दयानन्द मण्डललाई पनि कुटपिट गरिएको छ ।
सो समूहले फार्मेसीमा कार्यरत अन्य स्टाफहरूलाई समेत कुटपिट गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । पीडितहरूले काले भनिने विश्वास मण्डल, श्याम चन्द्रवंशी, सुरज पासवान, अरुण यादव र सायद अन्सारीविरुद्ध जाहेरी दिएका छन् ।
मुख्य अभियुक्त विश्वास मण्डललाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरिएको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले बताइन् ।

Leave a Reply