
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल रहेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले ४ मन्त्री नियुक्त गर्नुको साथै मन्त्रालय समेत हेरफेर गरिएको छ ।
दोस्रोमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ, तेस्रोमा गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।
आज शपथ लिएका उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा चौथो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पाँचौँ, कृषि मन्त्री मदन परियारको छैटौँ र सञ्चारमन्त्री जगदीश खरेल सातौँ वरीयतामा छन् ।

Leave a Reply